दाङ। तुलसीपुरको जंगलमा किशोर–किशोरीको शव फेला परेको छ।
आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको फेला परेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार उनीहरु असोज २७ गते रातिदेखि बेपत्ता थिए।
प्रहरीले उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने आशंका गरेको छ।
उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए।
घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी मल्लले जानकारी दिए।