काठमाडौँ । काठमाडौँ ५ मा प्रतिनिधिशभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।
घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन्। आफूले चुनाव जितेमा संसद्का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्त रुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन्।



