काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४०७ चालक शनिबार कारबाहीमा परेका छन् ।
विशेष चेकिङका क्रममा विभिन्न स्थानबाट उनीहरू कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।
तीमध्ये नम्बरप्लेट स्पष्ट नभएका ४४६ जना, नम्बरप्लेट आकाशतिर फर्काउने सात, मापसे गरी सवारीसाधन चलाउने चार, तीव्र गतिमा सवारी चलाउने १५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालक कारबाहीमा परेका हुन् ।
यस्तै, चेकिङकै क्रममा अरू ट्राफिक नियम उल्लंघन गर्ने ७८८ चालक पनि कारबाहीमा परेका उनले बताए ।