काठमाडौं । यस वर्षको मनसुन आजबाट बाहिरिएको छ । जेठ २२ गते (जुन ५) नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज असोज २९ गते (अक्टोबर १५)बाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यी प्रदेशबाट औसत मितिभन्दा १३ दिन ढिलो गरी मनसुन बाहिरिएकाे हो ।नेपालको बाँकी भू–भागबाट भने मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ ।
औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मनसुन सकिन लाग्दा देशका धेरै स्थानमा भएको भारी र धेरै भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।