काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन्।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।