काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन्।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा पुगेर कार्कीले पदभार ग्रहण गरेका हुन्। शुक्रबार मन्त्री कार्कीलाई कानुन मन्त्रालयमा कानुन सचिव उदयराज सापकोटालगायत उच्च पदस्थ अधिकारीले स्वागत गरे।
गैर सांसद्को रूपमा मन्त्री बनेका गोविन्दप्रसाद शर्मा कोइराला संवैधानिक प्रावधान अनुसार ६ महिनामा निलम्बन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीलाई बिहीबार कानुन मन्त्रीको जिम्मेवारी दिएका थिए।