दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहुले सफाइ पाएका छन् ।
२०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान भएका थिए ।
गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनिमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो ।
सशस्त्रको उच्च अदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनको वकिलमार्फत जानकारी प्राप्त भएको छ ।