काठमाडौँ । नेकपा एकीकृत समाजवादीका २२ जना बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धन र पार्टीले दिएको निर्देशन बमोजिम उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मंगलबार एकीकृत समाजवादी र गठबन्धनले बागी उम्मेदवारी फिर्ता गर्न बुधबार १ बजेसम्मको समय दिएको थियो ।
जस अनुसार प्रतिनिधिसभातर्फ ४ जना र प्रदेशसभातर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ ।

