बारा। प्रसौनी गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको शव फेला परेको छ।
गाउँ नजिकैको ढोरा खोला किनारमा स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती सुजता, उनकी छोरी ताहिरा र छोरा राजवीरको शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूको मृत्युको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।