काठमाडौंः सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छन्।
जनकपुर घर भएर सिभिल अस्पतालमा काम गर्ने उनी मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ। यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।