काठमाडौँ । रुपन्देही २ मा सत्ता गठबन्धनको उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ विरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो।
सोही अनुसारतोकिएको अवधिमा गुरुङले कालो सूचीबाट हटेको प्रमाण पेश नगरेपछि जिल्ला निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा एमालेबाट विष्णु पौडेल उम्मेदवार छन्। गठबन्धनको उम्मेदवार अयोग्य भएपछि उनलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज भएको छ।