धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ। लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।


