काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।
उनीहरूलाई आजै हटाउनेबारे प्रधानमन्त्री देउवाले परामर्श गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा छन् ।
सत्ता गठबन्धन भन्दा बढी सिट दिने भनेपछि जसपाले एमालेसँग तालमेल गरेको छ । गठबन्धन छोडेपछि जसपाका मन्त्रीहरूलाई हटाउने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् । यसबारे उनले कानुन व्यवसायीसहित निर्वाचन आयोगका पदाधिकारीसँग पनि परामर्श गरेका छन् ।