काठमाडौँ । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले डडेल्धुराका लागि प्रधानमन्त्री कार्यालय ‘खुल्जा सिमसिम’ जस्तै भएको बताएकी छन् ।
उनले डडेल्धुराबासीले जति कसैले पनि बालुवाटारमा एक्सेस नपाउने भन्दै काठमाडौंका व्यक्तिले भन्दा डडेल्धुराबासीले प्रधानमन्त्रीलाई भेट्न पाउने बताएकी छन् ।आइतबार शेरबहादुर देउवाको उमेदवारी दर्तापछि उनले यस्तो बताएकी हुन् ।
“डडेल्धुराको मान्छेले जति बालुवाटारमा एक्सेस कसैले पाउँदैनन् । डडेलधुरा भनेको म्याजिक वर्डजस्तै हो, खुल्जा सिमसिम भनेजस्तै...,” उनको भनाइ छ, “म डडेलधुराको हो भनेपछि बालुटाटारभित्र जान पाउँछन् । काठमाडौंकाले भन्दा डडेल्धुराका गाउँ गाउँका वडा वडाका व्यक्तिहरुले भेट्न पाएका छन् ।”
उनले अहिले प्रधानमन्त्रीले पार्टी, देश र गठबन्धन चलाउनुपर्दा उमेदवारी दर्ताका लागि आउन नभ्याएको बताएकी थिइन् ।