काठमाडौँ । रेशम चौधरीले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि जेलबाटै उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी दर्ता उनका वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो।
चौधरी २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका थिए।
चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। हाल उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।