डडेल्धुरा । डडेल्धुरा नेकपा (एमाले)ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो ।
तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।
उनि राष्ट्रियसभाका पूर्वसदस्य हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।
उनिसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।