काठमाडौँ । कांग्रेस नेता तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुसालले मनोनयन दर्ता गराएकी हुन् । उनीसँगै प्रदेशसभा (क) बाट माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा (ख) बाट कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराए ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचत क्षेत्र २ बाट चुनाव जितेकी थिइन् । त्यतिबेला हालका एमाले सचिव टोपबहादुर रायमाझीले माओवादीबाट चुनाव जितेका थिए । दोस्रो संविधानसभामा पनि दुवै जना उम्मेदवार बने । रायमाझीले जिते । तर, पुष्पा एमालेका उम्मेदवार डा। दुमन थापासँग पराजित भइन् ।
संघीयतापछिको २०७४ को चुनावमा पुष्पा समानुपातिक उम्मेदवार बनिन् । संघीय संसद्की उपसभामुख उनी अहिले गठबन्धनको सहयोगमा एमाले सचिव रायमाझीसँग भिड्दैछिन् ।