अछाम । अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ।
बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो । नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् ।
अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएका छन् ।
रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।