वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। मन्त्री यादवले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
जनता समाजवादी पार्टीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। नेकपा एमाले र जसपाबीच भएको गठबन्धनअनुसार क्षेत्र नम्बर १ र २ जसपाले पाएको छ। यादव २०७४ को निर्वाचनमा जसपाबाटै निर्वाचित भएका थिए।