काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।लामिछानेले आइतबार दिउँसो भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
यसअघि रवि चितवन-३ बाट उठ्ने चर्चा थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त ठाउँबाट उम्मेदवार हुने सम्भावना रहेका बेला केही दिनअघि लामिछाने चितवन-३ अन्तर्गत पर्ने माडी आएर कार्यक्रम पनि गरेका थिए ।
तर माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट नभएर गोरखाबाट उठ्ने र माओवादीले चितवन-३ मा गठबन्धनका उम्मेदवारका रूपमा डा। भोजराज अधिकारीलाई उठाउने निर्णग गरेपछि रविले चितवन-२ रोजेका हुन् ।