काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले मनोनयन दर्ता गरेका छन्।
भैरहवास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका खाँणले मनोनयन दर्ता गरेका हुन्। नेकपा एमालेका घनश्याम भुसाल र राप्रपाका दीपक बोहोराको समेत निर्वाचन क्षेत्र रहेको यहाँ नेकपा एमालेका भुषालले त्यागेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक देखिने भएको छ ।
यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचमा सहकार्य भएको छ । राप्रपाका बोहोराले यसअघि मनोनयन गरिसकेका छन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए भने नेकपा एमालेका भुसाल प्रत्यक्ष निर्वाचित भएका थिए।