विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर–६ बाट उमेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।
आइतबार काठमाडौंबाट दिउँसो विराटनगर आएका उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराएका हुन् ।उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका हुन् ।