धनगढी । स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।गठबन्धनका साझा उम्मेदवार देउवाविरुद्ध ढकालले आइतवार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि ढकालले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताए ।
'बिहान उठेर नुहाएर जपपाठ गरेर आएर उम्मेदवारी दर्ता गराएँ । अबको दुई दिन देशका लागि निराहार व्रत बस्छु.' ढकालले भने । बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकाल देउवाविरुद्ध उम्मेदवारी दिनकै लागि डडेल्धुरा पुगेका हुन् ।
त्यतिबेला तपाईं बड्दा बोल्दै हुनुहुन्छु भनेर देउवाले ढकाललाई थर्काएको भिडियो क्लिप भाइरल नै बनेको थियो ।