काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।
नेपालले रौतहट-१ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।
आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।