काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले दिएको निवास र सुविधा छोडेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेसँगै सभामुखको हैसियतमा प्राप्त निवास र अन्य सुविधा छोड्ने निर्णय गरेका हुन् ।
उनले लैनचौरस्थित सरकारी सुविधाको निवास छोडेर कौशलटारस्थित निजी निवासमा सरिसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुख सापकोटाले शनिबार बिहानसम्म सरकारी निवासबाट आफ्ना सामान निजी निवासमा सारिसकेको सचिवालयले जानकारी दिएको छ ।