काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने भएकी छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर शाक्यले आफू निर्वाचन नलड्ने बताउँदै विकल्प खोज्न भनेकी हुन् ।
अध्यक्ष ओलीले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएका थिए । उपाध्यक्ष शाक्यले आफू उम्मेदवारको आकांक्षासमेत नरहेको बताएकी छन् ।
उनले एउटै व्यक्ति पटक चुनाव लड्ने, मन्त्री र प्रधानमन्त्री बन्ने परिपाटीले जनता दिक्क भएको पनि बताएकी छन् । उनले अब पूराना होइन नयाँलाई अवसर दिनुपर्ने पनि भनेकी छन् ।