काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी सदस्य घनश्याम भुसालका लागि नेकपा (माओवादी केन्द्र)ले रुपन्देही क्षेत्र नम्बर १ को टिकट होल्ड गरेको छ ।
एमालेबाट टिकट नपाएका भुसाल माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव लड्ने सम्भावना बढेको छ ।
यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन ।
भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने तरखर गरेका हुन् । रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।