अछाम । नेकपा एमालेका अछाम क्षेत्र नं. १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले शनिवार एमाले जिल्ला कमिटी अछामलाई राजीनामा पत्र लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
शाहले नेता डा. भीम रावललाई अछाम क्षेत्र नं. १ बाट सर्वसम्मतिले प्रतिनिधि सभाका लागी एकल उम्मेदवारका रूपमा सिफारिस गर्दा पनि केन्द्रीय कमिटीले जिल्लाको सिफारिस विपरीत निर्णय गरेको हुँदा आफूले राजीनामा दिएको उनले उक्त राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
