काठमाडौं । सत्ता गठबन्धनले जनता समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १३ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ।
बालुवाटारमा बसेको शुक्रवारको बैठकले अधिकांश क्षेत्रमा भागबन्डा गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार बाँकी एकाध ठाउँमा भोलि शीर्ष नेता बसेर टुंगो लगाउने छन्।











