काठमाडौँ । एमाले नेता घनश्याम भुसालले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा एमालेले राप्रपालाई सघाउनेछ। त्यहाँ राप्रपाका विक्रम पाण्डेले टिकट पाएका छन्।
२०७४ सालको निर्वाचनमा पाण्डेलाई भुसालले हराएका थिए। पाण्डे कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार थिए।
एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्। नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् ।