काठमाडौँ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास गर्ने जसपाका प्रवक्ता मनिस सुमनले बताए।
गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतको दाबी छ।
जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ। उसले पनि १८ देखि २० सिटका लागि प्रयास गरेको स्रोतको दाबी छ।