काठमाडौँ । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ ।
ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले बताए ।
नदीको सतह खतरानजिक पुगेपछि नेपाल र भारततर्फमा रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको प्रजिअ घिमिरेले बताए ।
पानीको बहाव हेरेर बाँकी रहेका ढोका पनि खोलिने विषयमा छलफल भइरहेको उनले बताए । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।
नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।