काठमाडौँ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ ।
आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न २३ असोजमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सूची प्रकाशित गर्नेसमेत आयोगले जनाएको छ ।
