काठमाडौँ । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाकाले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताएको छ ।
भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब दिने बताइएको छ।विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन ।
जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।गाउँपालिकाले भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन् ।
दसैँ लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे ।