काठमाडौं । त्रुटि सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ ।
निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो ।
उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका आयोगले १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको थियो ।
अपराह्न ४ बजेसम्म प्रतिनिधिसभातर्फ प्रदेश १ मा ३१, मधेस प्रदेश २१, वाग्मती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन् ।