काठमाडौँ । हालै नेकपा एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो।
खनाललाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए।कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौंबाट सडकमार्ग हुँदै बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए।
ढिलै भएपनि कार्यक्रमस्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन्।