काठमाडौँ । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा बोलाएर पार्टी प्रवेश गराएका हुन् ।चौधरी नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर हुन् ।
स्रोतका अनुसार उनी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा माओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा छन् ।