काठमाडौँ । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्यलिहीमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक राति दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको हो ।
बसका सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गरिएको छ । घाइते सहचालकको टाउकोमा चोट लागेको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेततर्फ जाँदै गरेको ट्रक हिमा १ आचार्यलिही नजिकैको बझाङे खोलामा दुर्घटना भएको थियो ।