काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पुरानो घर चितवन भण्डारामा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिहीबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।'