काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ ।
यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।
साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने जनाएको छ ।