काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा उडाउन प्रतिबन्ध लगाएको छ ।
वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलआसपास चंगा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चंगा उडाउन प्रतिबन्ध लगाएको हो ।
‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’प्राधिकरणले भनेको छ । सूचनाको अवज्ञा वा अटेर गरी चंगा उडाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।
