काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।
मंगलबार बसेको आयोगको बैठकले उक्त निर्देशन जारी गरेको छ । निर्वाचन (कसुर तथा सजाय)ऐन २०७३ र निर्वाचन आचारसंहिता २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयनका लागि उक्त निर्देशन जारी गरिएको आयोगले जनाएको छ ।





