काठमाडौँ । भोली (बुधबार)देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो।
आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो।