काठमाडौँ । निर्वाचन आयोगले भोलि मध्यराति १२ बजेदेखि आचारसंहिता लागू गर्ने भएको छ ।
आयोग स्रोतका अनुसार भोलि बैठक बसेर रातिदेखि आचारसंहिता लगाउने तयारी छ ।हिजो (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई बोलाएर आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउन लगाएको थियो ।
यसैबीच आचारसंहिता र उम्मेदवारको खर्चको सीमाका विषयमा निर्णय लिन भोलि आयोगले प्रमुख दलहरूलाई छलफलका लागि बोलाएको छ ।