काठमाडौं। नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्।
माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको जानकारी दिएका छन्।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेताले सामूहिक राजीनामा दिएका हुन्।
नेता भण्डारीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र उनको उम्मेदवारीलाई सघाउने जिल्ला संयोजक राईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन्।
