लुुम्बिनी। गृहमन्त्री बालकृष्ण खाणले गौतमबद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने बताएकम छन्।
गृहमन्त्री खाणले सबै पार्टीहरूमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न आग्रह गरे।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैजना उम्मेदवार बन्न सम्भव नरहेको राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने र त्याग गर्ने कुरा गौतमबद्धबाट सिक्नुपर्ने उल्लेख गरे।