काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष विष्णुहरी पाण्डे नेपाल रसिया चेम्बर अफ कमर्सको महासचिवमा निर्वाचित भएका छन्।
बैंकर अशोक शेरचनको अध्यक्षमा निर्वाचित नयाँ कार्यसमितिमा पाण्डे महासचिव बनेका हुन्।
कमर्सको २५ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन्। कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन्।
कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा। विजय थापा, डा। मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ निर्वाचित भए।
कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन्।
कार्यसमितिमा सदस्यका निर्वाचित भुसाल इक्यानका महासचिव हुन्।