काठमाडौँ । निर्वाचन आयोगले 'हाम्रो नेपाली पाटी' लाई स्पष्टीकरण सोधेको छ । चुनाव चिह्न लौरोको सम्बन्धमा स्वतन्त्र उम्मेदवारलाई जोडेर भ्रामक प्रचार भएको भन्दै आयोगले हाम्रो नेपाली पार्टीलाई ४ बुँदे प्रश्नसहित तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।
आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टीलाई लौरो चुनाव चिह्न दिएपनि सो चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम छर्ने काम भएको आयोगको ठहर छ ।
दललाई प्रदान गरिएको चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारलाई प्रदान गर्न नसकिने स्पष्ट हुँदा हुँदै पनि सो पार्टीले स्वतन्त्रको नाममा चिह्न प्रयोग गरेको पाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले यससम्बन्धी भ्रामक प्रचार नगर्न र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न स्वतन्त्रको भनि राखिएका सामाग्री हटाउन भनेको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले निम्न ४ प्रश्नका सन्दर्भमा जवाफ दिन भनेको छ ।
