काठमाडौँ । सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएपछि किस्ट अस्पतालमा भर्ना भएका छन्।
पिसाबमा संक्रमण र डेंगु देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।
कमजोर महसुस र खानामा अरुचि भएपछि जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ। १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ।
अस्पतालबाट उनको निवासमा गएको टोलीले अस्पताल ल्याएर शुक्रबारै इमर्जेन्सीमा भर्ना गरेको हो।