कामठाडौँ । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ। डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेका ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।
यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
अमेरिकी दूतावासले केही व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीलाई खबर गरेको थियो। प्रहरीले उनीहरूको साथबाट ८ थान शैक्षिक प्रमाणपत्र र पाँच थान राहदानी बरामद गरेको छ।पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।